News & Blogs - GIS Expert पदको Qualification सम्बन्धमा|

GIS Expert पदको Qualification सम्बन्धमा|
प्रस्तुत विषय सम्बन्धमा त्यस नगरपालिकाले मिति २०८१ साउन १९ गतेको सेवा करारमा कर्मचारी भर्ना गर्ने सम्बन्धी सूचनामार्फत GIS Expert पद, अधिकृतस्तर सातौं, माग पद संख्या १ को न्युनतम योग्यता Geology/Geophysics/Applied Geology/Hydrogeology/Engineering Geology विषयमा स्नातकोत्तर उत्तिर्ण भनिएको सम्बन्धमा यस सोसाईटिको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल सरकारका सरकारी, संस्थान वा अन्य संस्थाका लागी Survey Engineer/GIS Expert वा सो सरह पदका लागी आवश्यक न्युनतम शैक्षिक योग्यता Bachelor in Survey वा Geomatics Engineering वा सो सरह हुनुपर्ने व्यवस्था छ| देशका तिनवटा विश्वविद्यालयहरु (त्रिभुवन, काठमाडौं र पुर्वाञ्चल) मार्फत स्नातक तहमा डेढ दशक भन्दा अघिदेखी GIS विषय मुख्य रुपमा पढाईने जियोम्याटिक्स ईन्जिनियरिङ् सञ्चालन हुदै आईरहेका छन्।यसै गरि GIS संग सम्बन्धित माथिल्लो शैक्षिक योग्यताका लागि समेत काठमाडौं विश्वविद्यालयमा Masters in Geoinformatics तथा Land Administration, त्रिभूवन विश्वविद्यालयमा Masters in Geospatial Engineering, नेपाल खुला विश्वविद्यालयमा Masters in Geoinformatics लगायतका कार्यक्रमहरु सञ्चलान भई GIS संग सम्बन्धित दक्ष जनशक्ति उत्पादन समेत भैसकेको अवस्था छ । अत: तहाँ नगरपालिकाबाट यसअघि माग गरिएको GIS Expert पदको न्युनतम शैक्षिक योग्यता उक्त पदको कार्यविवरण तथा नेपाल सरकारका विभिन्न निकायहरु लगायत अन्तर्राष्ट्रिय अभ्यासअनुसार समेत अमिल्दो र त्रुटीपुर्ण देखिएकाले सो पदको शैक्षिक योग्यता कम्तिमा Bachelor in Geomatics Engineering हुनेगरि यथासिघ्र सच्याउन नेपाल जियोम्याटिक्स ईन्जिनियरिङ सोसाईटि हार्दिक अनुरोध गर्दछ।
______________
ई. अरुण भण्डारी
अध्यक्ष, NGES